Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

वीरगञ्जमा कोरोनाका कारण एक वृद्धको मृत्यु

वीरगञ्जमा कोरोनाका कारण एक वृद्धको मृत्यु


  • 4.5K
    Shares

    वीरगञ्जमा कोरोनाका कारण एक वृद्धको मृत्यु

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी ६५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार गम्भीर किसिमको निमोनियाबाट पिडित वृद्धको श्वासप्रश्वासमा समस्या आउँदा मृत्यु भएको हो ।

    स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई बैशाख १६ गते उनको परिवारका सदस्यले अस्पताल भर्ना गराएका थिए । अस्पताल भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि अर्को दिन आरटी-पिसिआर प्रविधि मार्फत उनको थ्रोट स्वाबलाई परिक्षण गर्दा कोभिड पुष्टि भएको थियो ।

    कोभिड पुष्टि भएसँगै उनलाई अस्पतालस्थित आईसीयू कक्षमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले बताए । वृद्धमा देखिएको निमोनियाका कारण उनको छातीको दुवै फोक्सोमा समस्या देखिएको डा. दासले जानकरी दिए ।

    उनको मृत्युसँगै जिल्लामा कोभिडबाट ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । मृत्यु भएकामध्ये वीरगञ्जको नारायणी अस्पतालमा ३० जनाको, नारायणी बयोधा अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजद्वारा सञ्चालित कोरोना अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जनाको रहेका छन् ।

    मृतक ३९ जनामध्ये पर्साका २८ जना, बाराका ७, सर्लाहीका २ जना, रौतहटका १ जना र एक जना भारतीय नागरिक रहेको श्रीवास्तवले जानकरी दिए ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १२:३६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij