Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल वायुसेवा निगमको राजधानी र राजधानी बाहिर २३ ठाउँमा जग्गा, कुन ठाँउमा कति ?

नेपाल वायुसेवा निगमको राजधानी र राजधानी बाहिर २३ ठाउँमा जग्गा, कुन ठाँउमा कति ?


  • 771
    Shares

    नेपाल वायुसेवा निगमको राजधानी र राजधानी बाहिर २३ ठाउँमा जग्गा, कुन ठाँउमा  कति ?
    images

    काठमाडौं । व्यावसायिक क्षेत्रमा अब्बल प्रदर्शन गर्न नसकिरहेको नेपाल वायुसेवा निगम जग्गाको स्वामित्वमा भने दर्जनौँ ठाउँको जमिनको मालिकका रूपमा रहेको देखिएको छ । निगमको नाममा काठमाडौं उपत्यका सहित विभिन्न २३ ठाउँमा ५० रोपनी भन्दा धेरै जमिन रहेको पाइएको हो ।

    आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्मको तथ्यांकअनुसार वायु सेवा निगमसँग काठमाडौं उपत्यकाभित्र मात्रै ६९ रोपनी ४ आना भन्दा धेरै जग्गा रहेको छ । जसमध्ये निगमको केन्द्रीय कार्यालय रहेको कान्तिपथ न्युरोडको जग्गाको क्षेत्रफल १४ रोपनी ७ आना १ पैसा १ दाम रहेको छ ।

    त्यस्तै, काठमाडौंको सिनामंगलमा निगमको नाममा ३४ रोपनी १३ आना १ पैसा २ दाम जग्गा ९ वटा कित्तामा रहेको छ भने कुलेश्वरमा २७१.०८ वर्गमिटर जग्गा भवन सहित रहेको छ ।

    राजधानी बाहिर २० ठाउँमा

    काठमाडौं उपत्यका भन्दा बाहिर वायुसेवा निगमको स्वामित्वमा २० ठाउँमा जग्गा रहेको देखिएको छ । जसमध्ये कतिपय जग्गामा भवन छन् भने कतिपय ठाउँमा पर्खाल मात्रै रहेको निगमको कागजातमा उल्लेख छ ।

    विराटनगरको रोड सेस चोकमा निगमको स्वामित्वमा ४ आना १० पैसा क्षेत्रफल जग्गा रहेको छ, जुन जग्गामा पूर्वाञ्चल क्षेत्रीय कार्यालयको भवन छ । त्यस्तै विराटनगरको जतुवामा ८ आना जग्गा छ, जसलाई निगमले पर्खाल लगाएर राखेको जनाएको छ ।

    निगमले नेपालगञ्जमा आफ्नै जग्गामा सिटी सेल्स अफिस बनाएको छ, जसको क्षेत्रफल १० आना ५ पैसा छ । बाँकेकै सोनपुरमा निगमको नाममा ७ कित्तामा ३ रोपनी ७ आना ३ पैसा जग्गा रहेको उल्लेख छ । साथै, बाँकेको मनिकापुर नयाँ एयरपोर्टमा निगमले ६ फ्ल्याटको तीन तले भवन निर्माण गरेको छ । जसको क्षेत्रफल ५ रोपनी १० पैसा ११ आना रहेको छ ।

    त्यस्तै, निगमको नाममा मुस्ताङको मार्फा, पोखरा, दाङको तुल्सीपुर, भैरहवा, सुर्खेतको कपकुवा, गोरखाको पालुङटार, संखुवासभाको मनकामना, महेन्द्रनगर, कैलालीको तारानगर, वीरगञ्जको आदर्शनगर, पर्साको छपकैया, जुम्लाको चण्डीनाथ, खोटाङको लामिडाडाँ, हुम्लाको सिमिकोट र बैतडीको पाटनमा पनि जग्गा रहेको छ । तर, ती सबै जग्गाहरूको क्षेत्रफल २ रोपनी भन्दा कम रहेको छ ।

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १७:०७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij