Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

हुम्लामा ८ वर्षीया बालिकाको शंकास्पद मृत्यु

हुम्लामा ८ वर्षीया बालिकाको शंकास्पद मृत्यु


  • 4.7K
    Shares

    हुम्लामा ८ वर्षीया बालिकाको शंकास्पद  मृत्यु

    हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा शंकास्पद अवस्थामा ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

    मंगलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी बालिका सञ्जिबा बोहरा अचानक मृत भेटिएकी हुन् । साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको स्थानीले बताएका छन् ।

    गोठमा खच्चडलाई प्रयोग गर्ने डोरीले बाँधिएको अवस्थामा बालिका बोहरा मृत भेटिएकी हुन् । केही स्थानीयले भने बालिकाले आत्महत्या गरेको भनेर प्रचार गरेका छन् । तर ८ वर्षकी बालिकाले कसरी आत्महत्या गरिन् भनेर आशंका उत्पन्न भएको छ ।

    उनी स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा पढ्थिन् । खबर पाउनेबित्तिकै दोजम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

    थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली पनि घटनास्थल पुगेको छ ।बालिकाको शव सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल ल्याएर परीक्षण गरिने प्रहरीले जनाएको छ । रासस

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १२:३०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij