Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

देशका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

देशका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव


  • 5.9K
    Shares

    देशका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को  सुझाव

    काठमाडौँ । आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सम्बिन्धत सबैलाई मौसमविद्ले सुझाव दिएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशका केही स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

    ‘गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ,’ मौसमविद् बासीले बुधबार बिहान भनिन्, ‘यसअन्तर्गत काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुन सक्छ ।’

    मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ स् देशका केही स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

    अहिले प्रिमनसुन हो । यस अवधिमा भारी वर्षा खासै हुँदैन । तर यसपटक भारी वर्षाको समेत सम्भावना देखिएको मौसमविद् बासीले बताइन् ।

    ‘भारी वर्षा मनसुन (योपछि आउने सिजन) मा हुनुपर्ने हो,’ उनले भनिन्, ‘तर यसपालि प्रिमनसुनमै भारी वर्षाको सम्भावना देखियो ।’

    उनका अनुसार प्रिमनसुन अन्त्य भएर मनसुन (वर्षा याम) आउन अझै एक महिनाजति नै बाँकी छ । ‘यसपालि मनसुन पनि अलि चाँडै भित्रिएलाजस्तो संकेत देखिएको छ,’ उनले भनिन् ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १२:१५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij