Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ढड्डामा कुनै विवरण नभेटिएपछि घुस दिएर लाइसेन्स लिनेको बिचल्ली

ढड्डामा कुनै विवरण नभेटिएपछि घुस दिएर लाइसेन्स लिनेको बिचल्ली


  • 3.3K
    Shares

    • images
    ढड्डामा कुनै विवरण नभेटिएपछि घुस दिएर लाइसेन्स लिनेको बिचल्ली
    images

    काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण नगरी घुस दिएर लाइसेन्स लिएकाहरू यतिबेला बिचल्लीमा परेका छन् । न लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो । मोटो रकम दिएर लाइसेन्स लिएकाहरूको लाइसेन्स नवीकरण नहुँदा उनीहरूको पेसा पनि सकिएको छ । 

    सिन्धुपाल्चोक ठुलो सिरुबारीका अनिल श्रेष्ठले २०७५ सालमा बिचौलियामार्फत ४० हजार रुपियाँ दिएर कार, जिप, ट्रक, बस र लरीको लाइसेन्स निकालेको थियो । पाँच वर्षसम्म काठमाडौँ चक्रपथमा गोकर्णेश्वर यातायात चलाए । अहिले लाइसेन्स नवीकरण गर्न जाँदा ढड्डामा कुनै विवरण भेटिएन । बरू उनको लाइसेन्स नम्बर ७८०५५० हरिभक्त खत्रीले लिएको ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स रहेछ । खत्रीले २०५९ कात्तिकमा लिएको लाइसेन्स श्रेष्ठलाई नामसारी गरिदिएका रहेछन् ।

    लाइसेन्स नवीकरण नभएपछि श्रेष्ठ अहिले बेरोजगार छन् । लाइसेन्स निकाल्न पैसा दिएका बिचौलियालाई खोजिरहेको छ । पैसा खुवाएरै नवीकरण गर्न सकिन्छ कि भनेर एकान्तकुना कार्यालयका बिचौलियालाई नभेटेको होइन तर ५० हजार रुपियाँ लाग्छ भनेपछि पैसा दिन नसकेर गाउँ फर्किए । परीक्षा दिएर नयाँ लाइसेन्स निकाल्नका लागि पनि २०८५ सालसम्म नमिल्ने भएपछि गाउँ फर्किनुको विकल्प नभएको उनको भनाइ छ । 

    श्रेष्ठले भने, “त्यतिबेला परीक्षा दिएको हो तर ठुलो गाडीको पनि सबै एकै पटक लाइसेन्स आउँछ भनेपछि ४० हजार दिएको हो । अहिले नवीकरण गर्न जाँदा ढड्डामा रेकर्ड भेटिएन । नवीकरण नहुने भयो । जागिर पनि गयो । अब नयाँ निकाल्न पनि २०८५ सालसम्म कुर्नुपर्ने भयो ।” बिचौलियाको घर, ठेगाना थाहा नभएकाले खोज्न पनि गाह्रो भएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो समस्या भोग्नु पर्छ भन्ने पहिल्यै थाहा पाएको भए पैसा दिने नै थिइनँ । ब्याजमा ऋण खोजेर दिएको हो । अहिले पैसा पनि गयो, जागिर गयो, लाइसेन्स गयो, समय पनि खेर गयो जस्तो लाग्छ । यता न उताको भइयो ।”

    प्रकाशित मिति :श्रावण २७ २०८२ मंगलवार - १७:३७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij