Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मलबारे ठोस योजना ल्याउन कृषिमन्त्री र उद्योगमन्त्रीलाई प्रधानमन्त्रीको ३ बुँदे निर्देशन

मलबारे ठोस योजना ल्याउन कृषिमन्त्री र उद्योगमन्त्रीलाई प्रधानमन्त्रीको ३ बुँदे निर्देशन


  • 596
    Shares

    • images
    मलबारे ठोस योजना ल्याउन  कृषिमन्त्री र उद्योगमन्त्रीलाई प्रधानमन्त्रीको ३ बुँदे निर्देशन
    images

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमन्त्री रामनाथ अधिकारी र उद्योगमन्त्री दामोदर भण्डारीलाई रासायनिक मल आपूर्ति र व्यवस्थापनबारे ठोस योजना ल्याउन ३ बुँदे निर्देशन दिएका छन् । 

    मंगलबार सिंहदरबारमा सरोकारवालासँगको छलफलपछि प्रधानमन्त्री ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् । 

    सचिवालयका अनुसार रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन, कम्पोस्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन निर्देशन दिएका हुन् । 

     

    प्रकाशित मिति :श्रावण २७ २०८२ मंगलवार - १७:१६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij