२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार घटेको छ। बजार परिसूचक २६.२२ अंकले घटेर २७९६ को विन्दु छरेको छ ।
आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने सुधार भएको छ । आज नेप्सेमा ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
आज होटल तथा पर्यटन समुहको सेयर १.२४ प्रतिशतले बढेको छ भने बाँकी सबै समुहको सेयर मूल्य घटेका छन् । यसदिन माइक्रोफाइनान्स १.५८ प्रतिशत, फाइनान्स १.२५, हाइड्रोपावर १.१७ र उत्पादन तथा प्रशोधन समुह १.०४ प्रतिशतले घटेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij