२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । देशका ७४ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । पछिल्लो एक सातामा १६० जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, झन्डै आठ महिनामा दुईहजार ७२० जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी गण्डकीमा ७९७ जनामा डेंगी पुष्टि भएको छ । त्यसपछि वाग्मतीमा ५६८ जनामा, कोसीमा ४७९, लुम्बिनीमा ४३४, सुदूरपश्चिममा ३२७, कर्णालीमा ६६ र सबैभन्दा कम मधेस प्रदेशमा ४९ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय स्थानमा निरन्तर वर्षा भइरहेकाले डेंगी संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले घरवरिपरि जमेका खाल्डाखुल्डी पुर्न, पानी जम्न नदिन तथा लामखुट्टे बस्ने ठाउँ नष्ट गर्न आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij