Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण,  त्रिभुवन विश्वविद्यालयले माग्यो सरकारसँग सुरक्षा

विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण,  त्रिभुवन विश्वविद्यालयले माग्यो सरकारसँग सुरक्षा


  • 267
    Shares

    • images
    विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण,  त्रिभुवन विश्वविद्यालयले माग्यो सरकारसँग सुरक्षा
    images

    काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार गुहारेको हो ।

    त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई भनेको छ ।

    त्रिविका एक अधिकारीले भने, ‘जिल्ला प्रशासन कार्यालयमा पत्र पनि पठाएका छौंँ,’  । उनका अनुसार सुरक्षाको लागि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई पनि सुरक्षाको प्रबन्ध मिलाइदिन भनिएको छ ।

    सोमबार अखिल क्रान्तिकारीले शुल्क घटाउनु पर्ने भन्दै रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालय तोडफोड गरेको थियो । सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका थिए ।

    अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । गाभिएका कार्यक्रमको शुल्क घटाउनु पर्ने माग राखेर अखिल क्रान्तिकारीले २० दिनदेखि उपकुलपति अर्यालको कार्यकक्ष अगाडि ढोकामा धर्ना दिइरहेको छ । 

     

     

    प्रकाशित मिति :श्रावण २७ २०८२ मंगलवार - १३:१०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij