Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

सभामुख र प्रमुख सचेतकबिचको बैठक स्थगित

सभामुख र प्रमुख सचेतकबिचको बैठक स्थगित


  • 561
    Shares

    सभामुख र प्रमुख सचेतकबिचको बैठक स्थगित
    images

    काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरू बिचको संयुक्त बैठक स्थगित भएको छ । सभामुख घिमिरेले मंगलबार ११ बजे बस्नेगरी प्रमुख सचेतकहरूसँगको संयुक्त बैठक बोलाएका थिए । 

    तर सभामुख घिमिरेको कार्याव्यस्तताले ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् । 

    प्रमुख सचेतकहरूसँगको छलफलमा प्रतिनिधिसभा बैठकको कार्यसूचीसहित विभिन्न विधेयक तथा प्रतिवेदनहरूका बारेमा छलफल गर्ने बताइएको थियो ।

    गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बहिस्कार गरिरहेको विषयमा पनि छलफल हुने तयारी थियो । 

     

    प्रकाशित मिति :श्रावण २७ २०८२ मंगलवार - १०:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij