Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते


  • 4.1K
    Shares

    जीप दुर्घटना : चालकको  घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    दाङ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी  दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

    रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मंगलबार राति ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने उर्लेकेनी ओरालोमा सडकबाट करीब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो । 

    उक्त दुर्घटनामा गाडी चालक घोराही–१६ का अन्दाजी २८ वर्षीय विष्णु गिरिको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए । 

    दुर्घटनामा तुलसीपुर–१६ का अन्दाजी २३ वर्षीय वसन्त भण्डारी र तुलसीपुर–४ का ३३ वर्षीय राजकुमार थापा घाइते भएको प्रहरीको भनाइ छ । 

    घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोजर मर्मतका लागि रोल्पा पुगेका उनीहरु जीप रिजर्भ गरेर दाङ फर्कंदै थिए । 

    राति दुर्घटना भए पनि कसैले थाहा नपाएका कारण आज बिहान मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । रासस

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - ११:४९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij