Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

विद्याबारे ओली भन्छ : मदन भण्डारी फाउन्डेसन पार्टीको होइन

विद्याबारे ओली भन्छ : मदन भण्डारी फाउन्डेसन पार्टीको होइन


  • 680
    Shares

    विद्याबारे ओली भन्छ : मदन भण्डारी फाउन्डेसन पार्टीको होइन
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताएका छन् । 

    सोमबार मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई च्यासलमा सम्बोधन गर्दै ओलीले कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक हुनुपर्ने भन्दै कतिपय प्रतिष्ठान पछि व्यक्तिको कब्जामा जाने गरेको पनि बताए । 
     
    ‘पार्टीले नै पुष्पलाल र मनमोहन लगायत अन्य प्रतिष्ठान स्थापना गर्‍यो । पहिला पहिला प्रधानमन्त्री भएपछि भ्याउँदैन भनेर चेन्ज गर्ने छँदै थियो । पछि केही व्यक्तिहरूले छाड्दै नछाडेर त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरूलाई ग्रिपमा लिएर कब्जा गर्ने’, उनले भने, ‘परिवर्तनको पक्षमा लाग्ने होइन कि व्यक्तिको ठगी खाने भाँडो भन्ने कि ।’

    उनले पार्टीका संस्था सामूहिक हुनुपर्ने पनि बताए । ‘मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन त्यो आफै बनाएको हो । अर्को ढङ्गले’, ओलीले भने, ‘मदन आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो । पर्सी जन्मदिन छ भने विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेख्ने र प्रकाशित हुने भए । त्यसपछि मदन आश्रित स्मृति प्रतिष्ठान जन्मिएको हो ।’

    उनले आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने हेर्नुपर्ने भन्दै चक्रपथ भन्ने अनलाइनको प्रस्तुति हेर्दा अन्योल रहेको बताए । मदन भण्डारी फाउन्डेसनको संरक्षक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी छन् भने अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी छन् । 

    ‘कम्युनिस्ट पाठशाला कि के भनेर बनाएको छ एउटा । त्यो व्यक्तिको हो कि परिवारको हो कि रु आन्दोलनको नाममा काम गर्छ कि ठगी खाने भाँडो’, उनले भने, ‘आन्दोलनको विपरीत हुने गरी प्रयोग गर्नु उचित होइन ।’

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १५:५०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij