Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

२४ घण्टे उर्दी नमानेपछि गृह मन्त्रालयले काट्यो १४ कर्मचारीको हाजिरी

२४ घण्टे उर्दी नमानेपछि गृह मन्त्रालयले काट्यो १४ कर्मचारीको हाजिरी


  • 806
    Shares

    • images
    २४ घण्टे उर्दी नमानेपछि गृह मन्त्रालयले काट्यो १४ कर्मचारीको हाजिरी
    images

    काठमाडौं । तोकिएको स्थानमा जानका लागि काटेको २४ घण्टे पत्रको अवज्ञा गरेपछि गृह मन्त्रालयले १४ कर्मचारीको हाजिरी काटेको छ । 

    मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार उनीहरूको रजिस्टरको हाजिरी र ई-हाजिरी दुवै काटिएको हो ।  एक महिनासम्म खटाएको स्थानमा नगएपछि गृह मन्त्रालयको कर्मचारी महाशाखाले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई साउन १५ गते २४ घण्टाभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिएको थियो । 

    उनीहरूको साउन २० गतेबाट दुवै हाजिरी काटिएको महाशाखाका एक अधिकृतले  जानकारी दिए ।  ‘२३ कर्मचारीलाई २४ घण्टाभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिइएकोमा ८ कर्मचारी मात्रै सम्बन्धित स्थानमा खटिएका छन् । बाँकीको मन्त्रालयमा रहेको हाजिरी काटिएको छ,’ ती अधिकृतले भने । 

    मन्त्रालयको प्रशासन महाशाखाले साउन १६ गते मन्त्रालयको वेब पोर्टलमा सूची सार्वजनिक गरेको थियो । खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत र साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा थिए । ती मध्य सात शाखा अधिकृत र एक नायब सुब्बा भने तोकिएको स्थानमा गएका छन् । 

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १५:४३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij