Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नागरिकता विधेयकमा २५ सांसदले राखे संशोधन प्रस्ताव

नागरिकता विधेयकमा २५ सांसदले राखे संशोधन प्रस्ताव


  • 778
    Shares

    • images
    नागरिकता विधेयकमा २५ सांसदले राखे संशोधन प्रस्ताव
    images

    काठमाडौं ।  नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। 

    प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा दश वटा समूहमा २५ जना सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन्।

    सांसदहरूद्वारा दर्ता गरिएको संशोधन प्रस्तावले विधेयकमा समावेश अस्पष्ट प्रावधानहरू सच्याउने अपेक्षा गरिएको छ।

    विधायन व्यवस्थापन समितिले सोमबारदेखि विधेयकमाथि छलफल समेत थालेको छ। विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोवास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्नसक्ने’ व्यवस्था राखिएको छ।

    त्यस्तै, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ।

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १५:३४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij