Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

निरन्तर वर्षापछि उदयपुरका किसान रोपाइँमा व्यस्त

निरन्तर वर्षापछि उदयपुरका किसान रोपाइँमा व्यस्त


  • 428
    Shares

    • images
    निरन्तर वर्षापछि उदयपुरका किसान रोपाइँमा व्यस्त
    images

    काठमाडौं ।  निरन्तर वर्षा भएपछि यहाँका किसान रोपाइँमा व्यस्त भएका छन् । उनीहरूलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसेका खेतमा धमाधम रोपाइँ गर्न  भ्याइनभ्याइ भएको हो । 

    कृषि  ज्ञानकेन्द्रका प्रमुख योगेन्द्र यादवले जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिए ।  उनले भने, ‘आकासे वर्षा सुरु भएसँगै धान रोपाइँ जारी रहेको छ ।’  
     
    जिल्लाको त्रियुगा, कटारी र चौदण्डी नगर क्षेत्रमा रोपाइँ लगभग सकिएका छन् । लामो खडेरीको कारण जिल्लाका तराईका किसानले जमिनबाट ‘बोरिङ’ प्रयोग गरेर रोपाइँ गरेका थिए, भने पहाडी क्षेत्रका खोलानालाको स्रोत नै सुकेका कारण रोपाइँ ठप्प भएको थियो ।

     

     

     

     

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १०:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij