२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन २७ गते ‘दि फ्युचर लिडर्स समिट’ मनाउने भएको छ ।
सांसद डा. तोसिमा कार्कीको नेतृत्वमा रहेको युवा तथा खेलकुद विभागले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ललितपुरमा साउन २७ गते उक्त समिट मनाउन लागिएको हो ।
विभागले केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार पत्रकार सम्मेलन गरी युवाहरूको सीप विकास, डिजिटल साक्षरता, मानसिक स्वास्थ्य लगायत विषयमा जनचेतना जगाउने हिसाबले सम्मेलन गर्न लागिएको जानकारी दिएको छ । सातै प्रदेशमा युवाहरूको सहभागी रहने कार्कीले जानकारी दिइन् ।
उनले भनिन्, युवाहरू राजनीतिमा आउनुपर्छ । राज्यसत्ता युवाले चलाउनुपर्छ भन्ने विषयमा बढी फोकस गरिनेछ । अबको नेपाल युवाले नै हाँक्नुपर्छ’, ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij