Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

मकवानपुरमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

मकवानपुरमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


  • 3.8K
    Shares

    मकवानपुरमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

    हेटौंडा । मकवानपुरमा बुधबार विहान कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचाररत एक संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

    मृत्यु हुनेमा मकवानपुरगढी –५ बस्ने ६८ वर्षीय एक पुरुष जनाइएको छ । यो सहित हेटौंडा अस्पताल, कोभिड उपचार वार्डमा उपचार गराइरहेका ६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

    कोरोनाको दोस्रो लहरमा मकवानपुर उच्च जोखिममा रहेको पाइएको छ । दैनिक जसो मृत्यु हुनु, संक्रमण बढ्दै जानुले स्थिति थप भयावह हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । थप संक्रमितलाई उपचारका लागि सहजै उपचार व्यवस्थापन गर्न समस्या पर्न पनि थालेको छ ।

    मकवानपुरमा पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । संक्रमित हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका मात्रै ५९ जना छन् । यस्तै, थाहा नगरपालिकामा एक जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा एक जना र मकवानपुरगढी गाउँपालिकामा ११ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएको पनि स्वास्थ्य कार्यालयको भनाई छ । डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट ८ जना र संस्थागत आइसोलेसनबाट १ जना रहेका छन् ।

    पछिल्लो विवरण अनुसार मकवानपुर जिल्लामा संक्रमितको संख्या ४ हजार ७ सय २२ पुगेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित ८ सय ५१ जना रहेको जनाइएको छ ।

    यसैबीच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले दैनिक उपभोग्य सामाग्रीका पसल खुलाउने विषयमा नयाँ निर्णय गरेको छ । यसअघि विहान ९ बजेसम्म अत्यावश्यक उपभोग्य खाद्यान्नका पसल विहान ५ बजेदेखि विहान ८ बजेसम्म खुलाउने गरिएकोमा अब भने विहान ८ बजेसम्ममात्र खुला हुनेछन् ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेद्वारा जारी सूचनामा औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कसप नियमित सञ्चालन गर्नुपर्ने र अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने  उल्लेख गरिएको छ।

     

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - ११:१७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij