२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । धनकुटास्थित टेकुनालामा पिकअप दुर्घटना भएको छ। टेकुनालाबाट धनकुटाबजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि पिकअपमा सवार २१ जना मध्ये १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । घाइते हुनेहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षीय जीत बहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षीय मेनुका राई रहेका छन् ।
अन्य घाइते हुनेहरूमा धनकुटा नगरपालिका ८ बस्ने १४ वर्षिया सविना डंगोल, ६४ वर्षीय चन्द्रभक्त डंगोल, ३५ वर्षीय हरीकुमार डंगोल, ७२ वर्षीय मोहन डंगोल, २७ वर्षीय राम श्रेष्ठ, टिना डंगोल, १८ वर्षीय रोजिन डंगोल, ५६ वर्षीय रमेश कर्मचार्य, धनकुटा नगरपालिका ७ बस्ने २२ वर्षीय राजन राई, सहिदभूमी गाउँपालिका ४ का २४ आशिस राई, रहेका छन् त्यस्तै साँगुरीगढी गाउँपालिका १ बस्ने १६ वर्षीय निशु लिम्बु, मुलघाट बस्ने १२ वर्षीय रोनिया श्रेष्ठ, सिंधुवाका १६ वर्षीय शिव श्रेष्ठ, २४ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् । आज गाईजात्राका लागि उनिहरु पिकअपमा धनकुटा बजार आउँदै गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij