Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एएफसी यू–२० महिला एसिया कप

एसियन कप छनोट: नेपाल उत्तर कोरियासँग पराजित

एसियन कप छनोट: नेपाल उत्तर कोरियासँग पराजित


  • 1.2K
    Shares

    एसियन कप छनोट: नेपाल उत्तर कोरियासँग पराजित
    images

    काठमाडौं । एएफसी यू–२० महिला एसियन कपमा छनोट हुन नेपाल असफल भएको छ । समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० गोलको फराकिलो हारसँगै नेपाल छनोटबाट बाहिरिएको हो।

    नेपाललाई पराजित गरेसँगै उत्तर कोरिया भने अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–२० एसियन कपमा छनोट भएको छ । थिम्पूमा भएको छनोटमा उत्तर कोरियाले नेपालविरूद्ध उत्कृष्ट देखायो । खेलको पूरै अवधि उत्तर कोरियाले नेपालको गोल पोस्टमा मात्र आक्रमण गरेको थियो ।

    यसअघि उत्तर कोरियाले साउदी अरेबियालाई १५–० र घरेलु टोली भुटानलाई १०–० गोलको जित निकालेको थियो । तेस्रो खेलमा नेपालविरूद्ध ११ गोल गरेसँगै उनले तीन खेलमा कुल ३६ गोल गर्न सफल भयो ।

    आजको हारले नेपालको उत्कृष्ट दोस्रो टोली बन्ने सम्भावना पनि सकिएको छ । किनकी अरु समूहको दोस्रो स्थानमा रहेका तीन टोलीले यसअघि नै दुई दुई खेलमा जित निकालेका छन् । यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दा साउदीविरूद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको थियो । समूहका शीर्ष टोलीले र आठ समूहमा दोस्रो हुने उत्कृष्ट तीन टोली अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपमा पुग्ने प्रावधान छ ।

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १५:००:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij