Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेर बेचेको आरोपमा २ जना पक्राउ

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेर बेचेको आरोपमा २ जना पक्राउ


  • 1.9K
    Shares

    • images
    पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेर बेचेको आरोपमा २ जना  पक्राउ
    images

    काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा २ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए ।

    काभ्रेको बनेपा नगरपालिका-९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप लगाएका छन् । शव जलाउने काम गर्ने ती ब्राम्हणविरुद्ध आफन्तले प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो ।

    घटनाबारे अनुसन्धान सुरु भएको छ । आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने केही खुलेका छैनन् । जसकारण अहिल्यै आरोप पुष्टि हुने खालेका प्रमाणहरू नरहेको प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १२:४५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij