Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कर्णाली नदिमा टिपर खस्दा दुई जना बेपत्ता

कर्णाली नदिमा टिपर खस्दा दुई जना बेपत्ता


  • 4.8K
    Shares

    कर्णाली नदिमा टिपर खस्दा दुई जना बेपत्ता

    दैलेख । कर्णाली नदिमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन् । दाङको लमहीदेखि जुम्लातर्फ जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर कर्णालीमा नदिमा खसेको हो ।

    लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको टिपर दैलेखको आठबीस नगरपालिका–४ खोटेसल्लास्थित कर्णाली राजमार्गबाट नदिमा खसेको हो ।

    टिपर मंगलबार राती १० बजे दुर्घटनामा परी कर्णाली नदिमा हुनसक्ने प्रहरीले जनाएको छ। कर्णाली राजमार्गबाट झण्डै एक सय ५० मिटर तल कर्णाली नदिमा टिपर खस्दा चालक र सह चालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । उनीहरुको नाम भने खुल्न सकेको छैन् ।

    बेपत्ता हुनेको इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट खटिएको प्रहरी टोलीले खोजी कार्य गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । 

    कर्णाली नदिमा पानीको बहाव बढेको र पानी धमिलिएका कारण बेपत्ताको खोजी कार्यमा कठिनाई भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार गोताखोरको टोलीमार्फत बेपत्ताको खोजी कार्य गर्नका लागि समन्वय भइरहेको छ । 

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १०:५४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij