Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

चक्रे मिलन समूहका ९ जना ‘पटके’ कसुरदार, मुद्दा अदालतमा लगिँदै

चक्रे मिलन समूहका ९ जना ‘पटके’ कसुरदार, मुद्दा अदालतमा लगिँदै


  • 820
    Shares

    • images
    चक्रे मिलन समूहका ९ जना ‘पटके’ कसुरदार, मुद्दा अदालतमा लगिँदै
    images

    काठमाडौं । चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनालाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । चक्रे सहितका ४७ जना साउन १५ मा साम्बाला होटेलबाट पक्राउ परेका थिए ।

    तीमध्ये १९ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको थियो । 

    प्रहरीले उनीहरूलाई पटके कसुरदार कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर अनुसन्धान गरे पनि पटके कसुरदार कायम गरेपछि अदालतमा मुद्दा लैजानुपर्ने कानुनी व्यवस्था छ ।

    चक्रे समूहका ९ जना एउटै कसुरमा पटक पटक संलग्न भएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘९ जना एउटै कसुरमा धेरै पटक संलग्न रहेको भेटिएको छ, मुद्दा अदालतमा पेस गर्छौँ ।’

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १०:३३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij