Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बनेपाबाट मोटरसाइकल चोर्ने २ युवक पक्राउ

बनेपाबाट मोटरसाइकल चोर्ने २ युवक पक्राउ


  • 694
    Shares

    • images
    बनेपाबाट मोटरसाइकल चोर्ने २ युवक पक्राउ
    images

    काठमाडौं । काभ्रे प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा काभ्रेकै पनौती नगरपालिका-२ बस्ने २० वर्षीय विवेक तामाङ र पनौती- ९ घर भएका १९ वर्षीय निरन विश्वकर्मा रहेका छन्। 

    यही साउन १९ गते राति उनीहरुले बनेपा नगरपालिका ७ स्थित अरनिको पार्टी प्यालेस अगाडि विष्णुबहादुर सार्कीले पार्किङ गरेर राखेको २ सय सिसिको बा.९६ प २१७१ नम्बरको रातो रंगको एनएस मोटरसाईकल चोरी भएको थियो। 

    चोरिएको उक्त मोटरसाइकल पनौति नगरपालिका-२ स्थित जरिङस्ति विवेक तामाङको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो। पक्राउ परेका दुवै युवकमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :श्रावण २४ २०८२ शनिवार - ०६:५१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij