२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१\८२ मा पौने २ खर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।
सार्वजनिक तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा १ करोड ४१ लाख २ हजार ४८९ वटा बीमालेख बिक्री गरेर १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १६.०५ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म सबै १४ वटै जीवन बीमकको व्यापार बढेको छ । सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले सन नेपाल लाइफ अगाडि रहेको छ।
नेपाल लाइफले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०\८१ को तुलनामा १७.५९ प्रतिशतले बढी रहेको छ ।
नेसनल लाइफले २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार १६.७७ प्रतिशतले बढेको छ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनल १८ अर्ब १० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १०.०४ प्रतिशतले बढेर १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
यसैगरी एसियन लाइफले १० अर्ब २४ करोड ८४ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख, सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख, हिमालयन लाइफले १७ अर्ब ६६ करोड ७ लाख र सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी सबै कम्पनीमा व्यापार बढेको छ।
आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख, मेटलाइफले ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ रसन नेपाल लाइफले ५ अर्ब ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छे। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी सबै कम्पनीको व्यापार बढेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij