Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो भएको छः सांसद गौतम

भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो भएको छः सांसद गौतम


  • 1.0K
    Shares

    भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो भएको छः सांसद गौतम
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले नेपालमा भ्रष्टाचार नै नेपालको संस्कृतिजस्तो भएको बताएका छन् ।

    शुक्रवार सार्वजानिक लेखा समितिको बैठकमा भएको बेरुजुसम्बन्धी छलफलमा उहाँले यस्तो बताएका छन् । उनले हाम्रो अहिलेको प्रणाली नै भ्रष्ट भएको बताउनु भयो । भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो विकास भएको उनको भनाई छ । 

    उनले भ्रष्टाचार अन्त्य गर्न मुलुकलाई पेपरलेस र फेसलेस प्रणालीमा लैजानुपर्नेमा जोड दिएका छन् । उच्चतम प्रविधिको प्रयोग गरेर देशलाई पेपरलेस र फेसलेस प्रणालीमा नलगेसम्म भ्रष्टाचार अन्त्य नहुने उनको दाबी छ । हाल पारर्दशिता नै सबैभन्दा ठूलो समस्या रहेको र त्यो नै भ्रष्टाचारको मूल कारण रहेको उनको भनाई छ । सार्वजानिक लेखा समितिले पनि सरकारलाई पेपरलेस र फेसलेस सिष्टममा मुलुकलाई लैजान तत्काल निर्देशन दिनुपर्ने उहाँले आवश्यकता औंल्याउनुका छन् । 

    बैठकमा सांसद गौतमले बेरुजू फछ्र्यौटलाई सबै मिलेर तिब्रता दिनुपर्ने बताएका छन् ।बेरुजु असुल उपर नियमित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १४:१८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij