Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

साउदी अरेबियाविरुद्ध पहिलो हाफमा रोकियो नेपाल

साउदी अरेबियाविरुद्ध पहिलो हाफमा रोकियो नेपाल


  • 876
    Shares

    साउदी अरेबियाविरुद्ध पहिलो हाफमा रोकियो नेपाल

    काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ । 

    शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा नेपालले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा समाप्त भएको हो । 

    खेलको ३६औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई नेपालले सदुपयोग गर्न सकेन । नेपालकी फरवार्ड मिना देउवाले प्रहार गरेको पेनाल्टी पोस्टको बायाँ पोलमा लागेर मैदानमा फर्किएको थियो । 

    प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यस समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १४:१७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij