Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गाडी दुर्घटनामा वडाध्यक्षसहित ५ जना घाइते

गाडी दुर्घटनामा वडाध्यक्षसहित ५ जना घाइते


  • 757
    Shares

    • images
    गाडी दुर्घटनामा वडाध्यक्षसहित ५ जना घाइते
    images

    काठमाडौं । काभ्रेको भुम्लुमा गएराति गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् । घाइतेमध्ये चारजना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

    दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष किशोरराज गिरीको देब्रे खुट्टा फ्याक्चर भएकाले उपचार जारी छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।

    यस्तै बोलेरोमा सवार काभ्रे चौरीदेउराली गाउँपालिका ६ का पदम कुमार दुलाल, डिल्ली प्रसाद गौतम, हाटुज राज गिरी र तेज बहादुर पन्थ उपचारपछि डिस्चार्ज भएका छन् ।

    गएराति १० बजेतिर भुम्लु गाउँपालिका ८ पौवास्थित उकालोमा चौरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोक्किएको थियो ।

    दुर्घटनाग्रस्त गाडीका चालक पाँचखाल नगरपालिका ५ का युनिस गौतम सकुशल छन् ।

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - ११:४५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij