Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

थापागाउँमा धमाधम तयार गरिँदै विद्या भण्डारीको सम्पर्क कार्यालय

थापागाउँमा धमाधम तयार गरिँदै विद्या भण्डारीको सम्पर्क कार्यालय


  • 1.3K
    Shares

    • images
    थापागाउँमा धमाधम तयार गरिँदै विद्या भण्डारीको सम्पर्क कार्यालय
    images

    काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर थापागाउँमा भाडामा लिइएको घर अहिले मर्मतको काम भइरहेको छ । बानेश्वर हाइटस्थित थापा गाउँमा भण्डारीले चार तले भवन भाडामा लिएकी हुन्।

    अहिले घरको झ्याल, ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ भने केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ । विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनावमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका बताइएको छ ।
     
    दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी अब सक्रिय राजनीतिमा आउन लागेकी हुन् । उक्त घरमा व्यवस्थापनका कामहरू पूरा हुनेबित्तिकै भण्डारी नियमित रूपमा कार्यालयमा आएर सम्पर्क–सम्बन्ध विस्तार गर्ने योजना रहेको उनी निकट एक नेताले बताएका छन्।

    b222.jpg

    b33.jpg

    b44.jpg

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १०:५९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij