Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाली युवालाई भारत लगेर मिर्गौला निकालिएको घटना: थप दुईजना पक्राउ

नेपाली युवालाई भारत लगेर मिर्गौला निकालिएको घटना: थप दुईजना पक्राउ


  • 1.5K
    Shares

    • images
    नेपाली युवालाई भारत लगेर मिर्गौला निकालिएको घटना: थप दुईजना पक्राउ
    images

    काठमाडौं । नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकालिएको प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली छन् ।

    काभ्रेको पाँचनखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको एसपी नरेन्द्र चन्दले बताए ।

    सिन्धुलीका पीडितलाई भारतको होटलमा गएर काम गर्दा मासिक भारतीय रुपैयाँ १० देखि २० हजारसम्म हुने भनिएको थियो । त्यसअनुसार २०८२ को जेठ महिनामा उनलाई कोठेश्वरबाट कलंकी हुँदै त्यहाँबाट बुटवल, भैरहवा हुँदै सुनौली नाकाबाट भारत लगिएको थियो ।

    पहिले उनले आफूलाई पोखरामा काम गर्दागर्दै भारत लगिएको बताएका थिए । तर, प्रहरीसँग बयान दिने क्रममा उनले आफूलाई प्रलोभन देखाएर कलंकी हुँदै भारत लगिएको जिकिर गरेका छन् ।

    त्यसको आधारमा भारत लैजाने कार्यमा संलग्नहरुलाई पक्राउ गरिएको एसपी कुँवरको भनाइ छ । ‘यो समूहले योजनाबद्ध तरिकाले संगठित रुपमा प्रस्तुत मानव अंग तस्करी गराएको पाएइकाले संगठित अपराधको कसुरमा समेत छानबिन थालिएको छ,’ कुँवरले भने ।

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १७:५९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij