Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विश्व फुटबल महासंघ

फिफा महिला वरीयतामा नेपालको छलाङ, हालसम्मकै उच्च वरीयतामा

फिफा महिला वरीयतामा नेपालको छलाङ, हालसम्मकै उच्च वरीयतामा


  • 932
    Shares

    फिफा महिला वरीयतामा नेपालको छलाङ, हालसम्मकै उच्च वरीयतामा

    काठमाडौं ।  विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो ।

    यसअघि एक सय औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औं स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रुपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।

    केही समयअघि भएको एएफसी छनोटमा लाओसलाई ९–०, श्रीलंकालाई ८–० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग निर्धारित समयमा ३–३ को बराबरी खेलेको थियो । टाइब्रेकरमा भने ४–२ ले पराजित भएको थियो ।

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १४:०२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij