२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । सर्लाहीको बलरामा छुरा प्रहारबाट तीन जना घाइते भएका छन् ।
बलरा नगरपालिका-१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको थियो । झडपको क्रममा एक समूहले अर्को समूहलाई छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा सोही वडाका धर्मवीर सहनी, दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् ।
धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूमाथि छुरा प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती व्यक्तिहरूमाथि छुरा प्रहार गर्नेहरूमा भारत बस्ने अमन सिंह, बिकास सिंह, अटल राय र अवशेख सिंह रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij