Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति

स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति


  • 820
    Shares

    स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति
    images

    काठमाडौं । निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ नेकपा (एमाले) ले पनि असहमति जनाएको छ। स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको भनाइ छ।

    ‘स्वमूल्यांकन’ राजनीतिक दलहरूको आन्तरिक मामिला रहेको बताउँदै निर्वाचन विभाग प्रमुख निरज आचार्यले पार्टीको असहमति रहेको जनाएका हुन् ।

    निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो ।

    निर्वाचन आयोगले यही साउन ८ गते ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ प्रकाशन गरेर यसउपर सुझाव मागेको थियो ।

    कार्यविधिमाथि हिजो मात्रै संसद्मा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेसबाहेकका दलहरूले विरोध जनाएका थिए । उनीहरूले कार्यविधिको प्रतिवाद गर्ने जनाएका छन् ।यसैबीच एमालेले पनि आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    ‘नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनैतिक दलसम्बन्धी व्यवस्था छ । राजनैतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था राजनैतिक दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो,’ निर्वाचन विभाग प्रमुख आचार्यले भनेका छन्, ‘सैद्धान्तिक रुपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति नेकपा (एमाले) को असहमति रहेको छ ।’


    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १३:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij