Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कर्णाली विकास बैंकको सवा ३ अर्ब घोटाला प्रकरण :

राष्ट्र बैंकका पूर्वकर्मचारी धरौटीमा रिहा, तीन जना कारागार चलान

राष्ट्र बैंकका पूर्वकर्मचारी धरौटीमा रिहा, तीन जना कारागार चलान


  • 764
    Shares

    • images
    राष्ट्र बैंकका पूर्वकर्मचारी धरौटीमा रिहा, तीन जना कारागार चलान
    images

    काठमाडौं । कर्णाली विकास बैंकको सवा तीन अर्ब रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका तीन जना कारागार चलान भएका छन् । एक जना धरौटीमा रिहा भएका छन् ।

    कारागार चलान हुनेहरुमा बैंकका तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय छन् । उनीहरुलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका न्यायाधीशद्धय चन्द्रबहादुर सारु र पुनम सिंह चन्दको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

    त्यसैगरी राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनी धरौटी बुझाएर रहा भएका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकको सवा तीन अर्ब घोटालामा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सवा तीन अर्व घोटाला प्रकरणमा तीन जना मृतकसहित १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ ।

    सरकारी वकिल कार्यालयले भने १०९ जनाविरुद्ध मुद्दा चलाएको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

    कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा ठूलो रकम घोटाल भएको मिश्र समितिको प्रतिवेदनले उल्लेख गरेको थियो ।  यो प्रतिवेदनपछि सीआईबीले अनुसन्धान गरेर मुद्दा चलाएको हो ।

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - ११:२३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij