Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भारतीय विदेश सचिव प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन काठमाडौं आउँदै

भारतीय विदेश सचिव प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन काठमाडौं आउँदै


  • 855
    Shares

    • images
    भारतीय विदेश सचिव प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन काठमाडौं आउँदै
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री नेपाल आउने भएका छन्। 

    उनी आगामी भदौ १ गते (१७ अगस्त) काठमाडौं आउने स्रोतले जनाएको छ। ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन। 

    विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्। 

    विदेश सचिव मिश्रीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्रसचिवसँग भेटेर ओलीको भारत भ्रमणका एजेन्डाबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय सम्वद्ध स्रोतहरूले जनाएका छन्।

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - ११:१४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij