Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते


  • 5.5K
    Shares

    जिप दुर्घटना हुँदा ४ जनाको  घटनास्थलमै मृत्यु, ६ जना घाइते

    कैलाली । बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलमा जिप दुर्घटना भएको हो ।

    दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।

    दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्बरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

    दुर्घटनामा परी अन्य ६ जना घाइते भएका र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए । सोमबार चट्याङ लागेर बैतडीमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको थियो ।

    उनकै शव पोस्टमार्टमका लागि अस्पताल ल्याउँदै गर्दा से १ ज १२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १६:३७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij