Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज यी तीन प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना

आज यी तीन प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना


  • 925
    Shares

    • images
    आज यी तीन प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २२, बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना छ।

    आज दिउँसो कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाड भेगमा साधारणतया बदली (बाक्लो बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। कोसी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

    आज राति  देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाड भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

    मौसम महाशाखाले यहाँ 'दिउँसो' दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - ०७:३७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij