Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

७ हजार डोज ‘रेम्डेसिभिर’ आइपुग्यो, आजै वितरण गरिने

७ हजार डोज ‘रेम्डेसिभिर’ आइपुग्यो, आजै वितरण गरिने


  • 9.5K
    Shares

    ७ हजार डोज ‘रेम्डेसिभिर’ आइपुग्यो, आजै वितरण गरिने

    काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बंगलादेशबाट नेपाल आइपुगेको छ ।

    औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजो आइपुग्नु पर्ने ७ हजार डोज औषधि मंगलबार नेपाल आइपुगेको जानकारी दिए ।

    पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सोही माग अनुसार बंगलादेशबाट ७ हजार डोज औषधि नेपाल ल्याइएको उनले बताए । साथै भोलि पनि केही मात्रामा औषधि नेपाल आइपुग्ने उनले बताए ।

    उनले सो औषधि कोभिड अस्पतालहरुमा आजै पठाउने तयारी भइरहेको जानकारी दिए ।

    सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा दिइने रेम्डेसिभिर औषधि पछिल्लो केहि समयदेखि बजारमा अभाव देखिएको थियो । थप अभाव हुन नदिन आधिकारिक आयातकर्ताको पहलमा औषधि व्यवस्था विभागले बंगलादेशबाट उक्त औषधि ल्याउन सुरु गरेको हो ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १६:३३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij