२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रावस्वपा)सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका सभापति रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
सभापति बस्नेतलाई सोलुखुम्बु प्रहरीले काठमाडौंको बनस्थलीबाट साउन १९ गते पक्राउ गरेको हो । प्रहरी निरीक्षक विकास राईका अनुसार उनीमाथि २०८१ साल साउन ६ गते स्थानीय फरक क्षमता (सुस्त मनस्थितिकी) एक महिलालाई बलात्कार गरेको अभियोग छ ।
बस्नेतलाई आज जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij