२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।
डिजिटल भुक्तानी भए-नभएको मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने भएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरूले मन्त्रालयसमक्ष जनाएको ९ बुँदे प्रतिबद्धताअन्तर्गत नै भिड व्यवस्थापन गर्ने विषयसमेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij