Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

मकवानपुरमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण, २ को मृत्यु

मकवानपुरमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण, २ को मृत्यु


  • 6.5K
    Shares

    मकवानपुरमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    हेटौँडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

    सोमबार दिउसो २ बजेको विवरण अनुसार ९३ जनाको पिसिआर परीक्षण गर्दा ५७ जना र ४२ जनाको एन्टीजिन विधिबाट गरिएको परीक्षणमा १९ जना संक्रमित थपिएका हुन् । जसमा हेटौँडा उपमहानगरपालिका भित्रका ५९ जना छन् ।

    त्यस्तै थाहा नगरपालिकामा १ जना, मनहरी गाउँपालिकामा ४ जना, भीम फेदी गाउँपालिकामा १ र मकवानपुर गढी गाउँपालिकामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ८ जना र संस्थागत आइसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । 

    मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ४ हजार ७२२ पुगेको छ भने जिल्लामा सक्रिय संक्रमित ८५१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    मकवानपुरमा पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने स्वास्थ्य कार्यालयका अनुसार मकवानपुरमा मृत्यु हुने संक्रमितको सङ्ख्या ४० पुगेको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १६:३१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij