Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

युवतीलाई अपहरण गरी सामूहिक बलात्कार आरोपमा २ जना पक्राउ

युवतीलाई अपहरण गरी सामूहिक बलात्कार आरोपमा २ जना पक्राउ


  • 834
    Shares

    • images
    युवतीलाई अपहरण गरी सामूहिक बलात्कार आरोपमा २ जना पक्राउ
    images

    काठमाडौं । अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक बहुदरमाई नगरपालिका–२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कसपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एन्ड लजमा पुर्‍याएर २० वैशाख २०८२ मा बलात्कार गरेको जनाएको छ ।

    यसका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत २३ वैशाख बिहान छाडेर फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ ।

    पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १६:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij