२०८२ भाद्र १० गते मंगलवार
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएकाे छ ।
दुई नेताबीच बुधबार श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा छलफल भएकाे हाे ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकतालगायत विषयमा छलफल भएकाे नेताहरूले बताएका छन् ।
माओवादीकाे केन्द्रीय समिति बैठकले विप्लवकाे पार्टीसँग एकताकाे निर्णय गरेकाे छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij