२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दुको रुपमा सूचीकृत स्वास्थ्य संस्थाहरूलाई बीमा गरेका बिरामीको अनावश्यक रूपमा अन्यत्र रिफर नगर्न आग्रह गरेको छ ।
आफ्नै संस्थामा उपचार सम्भव हुँदाहुँदै पनि बिरामीलाई अन्यत्र पठाउने प्रवृत्ति बढेकाले अनावश्यक रूपमा अन्यत्र रिफर नगर्न आग्रह गरेको बोर्डका उपसचिव पुण्यमाया गुरागाईँले जानकारी दिइन् ।
केही स्वास्थ्य संस्थाहरूले आफूसँग पर्याप्त क्षमता र सेवा उपलब्ध हुँदाहुँदै पनि बिरामीलाई सेवा नदिई अन्यत्र पठाउने गरेको पाइएको उनको भनाइ छ । यस्तो कार्य स्वास्थ्य बीमा ऐन नियमावली तथा चिकित्सकीय आचरणविपरीत भएको उनले बताइन् ।
स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली, २०७५ अनुसार प्रथम सेवा विन्दुले बीमितलाई आवश्यक उपचार सेवा उपलब्ध गराउनुपर्छ । सेवा दिन नसक्ने अवस्थामा मात्र कारण खुलाएर नजिकको अर्को स्वास्थ्य संस्थामा पठाउने प्रावधान छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij