Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सरकारले सुन्दा पनि सुनेन, देख्दा पनि देखेन: काँग्रेस सांसद गौतम

सरकारले सुन्दा पनि सुनेन, देख्दा पनि देखेन: काँग्रेस सांसद गौतम


  • 932
    Shares

    • images
    सरकारले सुन्दा पनि सुनेन, देख्दा पनि देखेन: काँग्रेस सांसद गौतम
    images

    काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकार ‘बहिरो’जस्तै भएको आरोप लगाएका छन् । 

    प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएका हो । उनले सरकारले बर्दिया जिल्लामा सञ्चालन हुँदै आएको नदी व्यवस्थापन आयोजना सुटुक्क डडेलधुरा स्थानान्तरण गरेको भन्दै आपत्ति जनाएका छन् ।  उनले बबई, भादा र औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट हटाइएकामा असन्तुष्टि व्यक्त गर्दै सरकारले बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नगरेको गुनासो गरेका छन् ।

    उनले भने, ‘अन्याय भयो सभामुख महोदय, सरकारले बहिरो भएको जस्तो व्यवहार गर्यो । सुन्दा पनि सुनेन, देख्दा पनि देखेन । बर्दिया जिल्लामा भएको बबई, भादा, औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट सुटुक्क लगेर डडेलधुरा पु¥याइयो । मैले बारम्बार संसदमा भने तर सरकारले सुन्दैन । यो के गर्न खोजेको सभामुख महोदय रु सरकारले मेरो कुरा सुनोस् । सभामुखमार्फत आग्रह गर्न चाहन्छु ।’

    सांसद गौतमले सरकारसँग बर्दियाको नदी व्यवस्थापन आयोजना यथास्थानमा फर्काउन माग गरेका छन् । माग पूरा नभए सत्याग्रहमा बस्ने उनको चेतावनी छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १४:१०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij