Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सांसद कार्कीको प्रश्न : गृहमन्त्रीलाई नेपाली दाजुभाइ दिदीबहिनीको लास देखेर मुटु काँप्दैन ?

सांसद कार्कीको प्रश्न : गृहमन्त्रीलाई नेपाली दाजुभाइ दिदीबहिनीको लास देखेर मुटु काँप्दैन ?


  • 624
    Shares

    • images
    सांसद कार्कीको प्रश्न : गृहमन्त्रीलाई नेपाली दाजुभाइ दिदीबहिनीको लास देखेर मुटु काँप्दैन ?
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई नेपाली दाजुभाइ दिदीबहिनीको लास देखेर मुटु काँप्दैन भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद कार्कीले भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर बेचिएको बताइन् । बेचिएकाहरू अनेक दुःख पाएर लास बनी नेपाल फर्किन बाध्य रहेको उनले बताइन् । 

     ‘नेपाली दाजुभाइ दिदीबहिनी विदेशबाट लास बनी फर्केर आउँदा मुटु  गृहमन्त्रीको काँप्दैन । भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर नबेच । लास बनेर फर्किने अवस्थाको अन्त्य गर ।’

    उनले आफूहरू भिजिट भिसाको विरोधी नभई भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी भएको बताइन् । उनले भनिन्–  ‘भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी हौँ । भिजिट भिसाको विरोधी होइनौ ।’

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १२:४०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij