Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गण्डकी प्रदेशमा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.8K
    Shares

    गण्डकी प्रदेशमा थप १३८ जनामा कोरोना संक्रमण  पुष्टि

    पोखरा ।  गण्डकी प्रदेशमा थप १३८ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । 

    लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप १३८ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

    थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकाका छन् । कास्कीको पोखरा महानगरपालिकाका मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जानकारी दिएको छ । 

    यस्तै, तनहुँका ५ र म्याग्दी, पर्वत तथा स्याङ्जा जिल्लाका १–१ जनामा सक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।थपिएका संक्रमित समेत गरी हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ८५३ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । 

    निर्देशक डा शर्माका अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा हालसम्म २३५ जनाको मृत्यु भएको छ ।

    1.jpg2.jpg

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १६:०८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij