Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गोरखा ताकुकोट सेवा समाजले काठमाडौंमा साउन २५ गते गाईजात्रा आयोजना गर्ने

गोरखा ताकुकोट सेवा समाजले काठमाडौंमा साउन २५ गते गाईजात्रा आयोजना गर्ने


  • 1.1K
    Shares

    गोरखा ताकुकोट सेवा समाजले काठमाडौंमा साउन २५ गते गाईजात्रा आयोजना गर्ने

    काठमाडौं । गोरखा ताकुकोट सेवा समाज काठमाडौंको आयोजनामा यस वर्ष पनि साउन २५ गते (आईतबार) गाईजात्रा निकालिने भएको छ।

    पुर्ख्यौली घर गोरखा जिल्लाको बारपाक–सुलिकोट गाउँपालिका–६, ताकुकोट भएका, हाल काठमाडौंमा बसोबास गर्दै आएका नेवार समुदायका व्यक्तिहरूले आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष गाईजात्रा निकाल्दै आएका छन्।

    संस्थाका उपाध्यक्ष राजन बाबु श्रेष्ठका अनुसार, गाईजात्रा काठमाडौंमा बसोबास गर्ने गोरखा ताकुकोटबासी तथा गोरखा जिल्लाबाट आई विभिन्न पेसा र व्यवसायमा संलग्न रहेका समुदायको संयुक्त सहभागितामा सम्पन्न हुने छ।

    सेवा समाजले २०७३ सालदेखि निरन्तर रूपमा गाईजात्रा आयोजना गर्दै आएको छ। यस जात्रामा विभिन्न जातजातिका व्यक्तिहरूको सहभागिता रहने गरेको छ। परम्परागत रूपमा गाउँमा मनाइने संस्कृतिको निरन्तरता दिँदै, संस्थाले काठमाडौंमा पनि सोही शैलीमा गाईजात्रा निकाल्दै आएको हो।

    संस्थाका कला–संस्कृति सम्बर्धन समितिका संयोजक होम नारायण श्रेष्ठका अनुसार, जात्रामा मृतकको सम्झनामा विशेष प्रकारको प्रस्तुति गरिन्छ। वर्षभरि मृत्यु भएका आफन्तहरूको सम्झनामा महिला मृतकको प्रतिकको रूपमा पुरुषलाई सजाएर, र पुरुष मृतकको सम्झनामा परिवारका सदस्यलाई गाई वा गोरुको भेषमा सजाएर झाँकी प्रस्तुत गरिन्छ।

    जात्रामा बाजा, झुर्मा, फलफूल वितरण, तथा विभिन्न नाचगान प्रदर्शन गरिन्छ। 'भोटे' तथा 'चीँदार' भेषमा हास्य नृत्य, 'गाईको नानी' भेषमा नानीहरूलाई सजाउने, र 'टाकटुके' तथा 'घोडा जुधाउने' खेलसमेत समावेश हुन्छ।

    संस्थाका महासचिव धिरज उपरकोटीका अनुसार, समाजले नेपालको नमुना सांस्कृतिक प्रस्तुतिको रूपमा गाईजात्रालाई विशेष पहिचान दिँदै आएको छ।

    गाईजात्राको मार्ग
    गाईजात्रा काठमाडौंको बनस्थलीस्थित अक्सफोर्ड ड्राइभिङ सेन्टरबाट बिहान ११ बजे सुरु भई, शिव मन्दिर, खरिबोट, बल्छीधुर्बे फुटसल, राधाकृष्ण मन्दिर, ढुङ्गेधारा हुँदै पुनः अक्सफोर्ड ड्राइभिङ सेन्टरमै आएर समापन गरिने छ।

    संस्थाले ताकुकोटबासी तथा गोरखा जिल्लाका साथै अन्य जिल्लाबाट काठमाडौंमा बसोबास गर्ने सबैलाई गाईजात्रामा सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।

    नृत्य संयोजन जिम्मेवारी तथा सम्पर्क नम्बर:

    घोडा नाच – होम नारायण श्रेष्ठ (सञ्जीव): ९८४९०८४४५८

    चिरेदार नाच – याम नारायण श्रेष्ठ: ९८४१५३६७४३

    भोटे नाच – हिमाल श्रेष्ठ: ९८६०५९९०४५

    टाकटुके नाच – राजन बाबु श्रेष्ठ: ९८५१०६९९४३

    गाईनानी नाच – मदन कुमार जोशी: ९८५१०३१५७०

    गाईनानी नाच – पबन श्रेष्ठ: ९८४१६९८५३९

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - ११:०७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij