Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सुदूरपश्चिमका नौ वटै जिल्लामा निषेधाज्ञा

सुदूरपश्चिमका नौ वटै जिल्लामा निषेधाज्ञा


  • 5.1K
    Shares

    सुदूरपश्चिमका नौ वटै जिल्लामा निषेधाज्ञा

    बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा निषेधाज्ञा लागू भएको छ ।

    नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका यहाँका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लागू गरेका हुन् ।

    कोरोनाबाट सबैभन्दा बढी प्रभावित प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा वैशाख १६ गतेदेखि एकहप्ताका लागि निषेधाज्ञा गरिएकोमा थप गर्दै वैशाख मसान्तसम्म लम्बाइएको छ ।

    बैतडी, बझाङ अछाम, बाजुरा र डोटीमा सोमबारदेखि निषेधाज्ञा लागू भएको छ । यस्तै बाजुरामा पनि मंगलबार राती १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालय अछामले सोमबारदेखि लागू हुने गरी दुई हप्ताका लागि एक हप्ता निषेधाज्ञा जारी गरेको छ । बझाङमा सोमबारदेखि वैशाख २६ सम्म जारी गर्दा दार्चुला र डडेल्धुरामा पनि आइतबारदेखि नै निषेधाज्ञा लगाइएको छ ।

    डोटीमा सोमबारदेखि लागू हुनेगरी १० दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा सोमबार बिहानदेखि जेठ २ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

    निषेधाज्ञामा अतिआवश्यक कामकाजबाहेक हिँडडुल गर्न नपाइने समेत जनाइएको छ । सुदूरपश्चिम प्रदेश भारतसँग सीमा जोडिएको प्रदेश भएकोल यहाँ संक्रमणको दर तीव्र रूपमा फैलँदै गएको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १५:४७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij