Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको हो : प्रधानमन्त्री

भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको हो : प्रधानमन्त्री


  • 785
    Shares

    • images
    भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको हो : प्रधानमन्त्री
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको बताएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को साइड इभेन्टमा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘भू–परिवेष्ठित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका मुख्य सल्लाहकार विष्णु रिमालले भनेका छन् ।

    उनले कनेक्टिभिटी नै न्याय भएको पनि सम्बोधनको क्रममा बताए । तटीय राष्ट्रहरूसँग यसको कुञ्जी रहेको भन्दै त्यसलाई खोल्नु कर्तव्य हुन आउने उनको भनाइ छ ।

    ‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ । खोल्नु कर्तव्य हो, अनुग्रह होइन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं ।’

    प्रधानमन्त्री ओली एलएलडिसी समूहको सम्मेलनमा सहभागी तुर्कमेनिस्तानको अवाजा सहरमा छन् । नेपाल एलएलडिसी समूहको अध्यक्ष मुलुक हो ।

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १५:४१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij