Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित

चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित


  • 883
    Shares

    चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित
    images

    बेइजिङ । चीनमा चिकुनगुनिया संक्रमितको संख्या सात हजार नाघेको छ । गुवाङदोङ प्रान्तमा जुलाईयता लामखुट्टेले टोकेर हुने यो रोगका सात हजारभन्दा धेरै बिरामी भेटिएका हुन् ।

    संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय सरकारले कोभिड–१९ महामारीको समयमा अपनाइएका जस्तै उपाय पालना गर्न आग्रह गरेको छ । अस्पतालमा झुल हालेर बिरामीहरुलाई राखिएको छ । 

    चिकुनगुनिया संक्रमणबाट सबैभन्दा बढी फोसान सहर प्रभावित भएको छ । फोसानबाहेक गुवाङदोङका कम्तीमा अरु १२ सहरमा पनि संक्रमित भेटिएका छन् । गत हप्ता मात्रै संक्रमितको संख्या तीन हजारले बढेको थियो ।

    परीक्षणको नतिजा नकारात्मक आएपछि मात्रै बिरामीलाई अस्पतालबाट घर जान दिइन्छ । केहीलाई भने एक हप्तासम्म अस्पतालमा राख्नुपरेको छ । 

    चिकुनगुनिया संक्रमित लामखुट्टेले टोकेर फैलिन्छ । यसबाट संक्रमित भएका व्यक्तिलाई ज्वरो आउने जोर्नी दुख्ने जस्ता लक्षण देखिन्छ । यीमध्ये केही लक्षण त वर्षौंसम्म पनि रहन्छ ।

    चीनमा चिकुनगुनियाको प्रकोप कमै देखिन्छ । यसको संक्रमण खासगरी दक्षिण र दक्षिणपूर्वी एसिया र अफ्रिकाका केही हिस्सामा बढी पाइन्छ ।

     

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १४:५७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij